आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँको आँबुखैरेनी गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा प्रथम

प्रहार समाचार । तनहुँ, फागुन २४ बिहिवार । तनहुँका दशवटा स्थानिय तह मध्ये आँबुखैरेनी गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा प्रथम हुन सफल  भएको छ ।स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कन कार्यविधि, २०७७ बमोजिम ८६ दशमलव ५ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो ।  

मूल्याङ्कनम उत्कृष्ट नतिजा प्राप्त गरेर तनहुँका  स्थानीय तहमा पहिलो र गण्डकी प्रदेशमा तृतीय भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।  स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कन कार्यविधि, २०७७ बमोजिम ८६ दशमलव ५ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो ।  
आँबुखैरेनी गाउँ कार्यपालिकाको  आर्थिक वर्ष ०७९/८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कन नतिजा र जिल्ला समन्वय समिति तनहुँको मुल्याङकन मा उक्त नतिजा हासिल गरेको हो। 

मूल्याङकन बिषय क्षेत्रमा योजना,बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९७ दशमलव ६२,कार्यन्वयन क्षमता तथा व्यवस्थापनमा ८४ दशमलव ४८ स्कोर प्रतिशत प्राप्त गरेको छ ।  
त्यसैगरी,लेखाङकन तथाव्यवस्थापनमा ८४ दशमलव ४८ स्कोर प्रतिशत प्राप्त गरेको छ ।   त्यसैगरी,लेखाङकन तथा प्रतिवेदनमा ९४ दशमलव १२,अनुगमन,मुल्याङकन तथा लेखापरीक्षणमा ७१ दशमलव ८८ र राजश्व व्यवस्थापनमा ८२ दशमलव ३५ स्कोर प्रतिशत प्राप्त गरेको छ ।  मुल्याङ्कनमा गाउँपालिकाले उत्कृष्ट स्कोर प्राप्त गरेसंगै समग्र पालिकाको विकाश निर्माणमा अझ बढि जिम्मेवार भएर अगाडी बढ्न जिम्मेवारी थपिएको पालिका अध्यक्ष शुक्र चुमानले बताए । उनि भन्छन् ‘ यो हामीले गरेको अथक मेहनत र परिश्रमको फल हो’ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button