हेडलाईनव्याससमाचारगण्डकी

व्यास–१ करङकाठ बसपार्क जोड्ने  बुल्दी खोलामा मोटरेवल पुल बन्ने

प्रहार समाचार । तनहु, फागुन २४ बिहिबार ।तनहुँको व्यास नगरपालिका वडा नं २ र व्यास–१ करङकाठ बसपार्क जोड्ने  बुल्दी खोला माथि मोटरेवल पुल बन्ने भएको छ।


व्यास नगरपालिका र निर्माण कम्पनी ज्वालामूखी कन्स्टक्सन बीच बुधबार ठेक्का सम्झौता भएपछि उक्त स्थानमा पुल बन्ने पक्का भएको   हो । व्यासका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी र निर्माण कम्पनीका प्रोपाईटर धर्मराज लोहनी बीच हिंजो सम्झौता आदान प्रदान भएको हो । पुल १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी दुई पक्षीय सम्झौता भएको हो ।
सम्झौता पश्चात नगर प्रमुख बैकुण्ठ न्यौपानेले तोकिएको समयमा कार्य सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई  निर्देशन दिएका थिए। ( हालको कल्भड )

वर्षातको समयमा बुल्दीखोलामा बाढी आंउदा त्यहाँ रहेको कल्भर्टले पानीको बहाव लाई रोक्दा वरिपरीको स्थानमा डुवानको समस्या हुने गरेकोमा पुल निर्माण भएपछि उक्त समस्या टर्नुका साथै व्यवस्थित रुपमा बसपार्क संचालन गर्न समेत  सहज हुने नगरपालिकाको भनाई छ।

उक्त निर्माण कम्पनीले मूल्य अभिवृद्धि कर र कन्सल्टेन्सी बाहेक ५ करोड ३३ लाख ५० हजार ७ सय तीस रुपैयामा ठेक्का सम्झौता गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । ०८० पौष ३ गते नगरपालिकाले सूचना प्रकाशित गरी विद्युतीय बोलपत्र आव्हान गरेकोमा तीन वटा फर्मले बोलपत्र दर्ता गराएका मध्ये ज्वालामुखी कन्स्टक्सनले ८.४० प्रतिशत रकम घटीमा बोलपत्र दर्ता गरेपछि ठेक्का पाएको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button