प्रहार समाचार । तनहुँ, फागुन २५ शुक्रवार ।आज आठ मार्च, अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी ‘ भन्ने मुल नाराका साथ विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

यस दिवसका अवसरमा नेपाल भर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ ।तनहुँको सदमुकाम हमौलीमासदपनि विविध कार्यक्रमहरू आयोजना गरिँदै छ । तनहुँको सदरमुकाम दमौलीमा तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन मेला आज बाट हुने भएको छ।
























