हेडलाईनव्याससमाचारगण्डकी

स्व.जोशीको स्मृतिमा परिवारजनद्वारा सत्यवती माविमा अक्षयकोष स्थापना

प्रहार समाचार।तनहुँ , फागुन २२ मंगलवार । स्वर्गीय मोतीकुमार जोशीको स्मृतिमा उनका परिवारजनद्धारा व्यास–२ स्थित सत्यवती माविमा तीन लाख भन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ ।

व्यास नगरपालिका–२ सुनचाँदी लाइन निवासी स्व.जोशीको स्मृतिमा उनका परिवारजनहरुले अक्षयकोष स्थापना गरेका हुन् । स्व.जोशीको धर्मपत्नी सन्तुमाया जोशीले विद्यालयका प्रधानाध्यापक पुष्पकला भट्टराई, शिक्षक अभिभावक सङ्घको अध्यक्ष सोमराज सिग्देललाई हिंजो विद्यालयमा तीन लाख एक हजार एक रुपैयाको चेक हस्तान्तरण गरेकी हुन् ।

जोशी परिवार सन्तुमाया जोशी, सूर्यकुमार जोशी, शिवकुमार जोशी, कृष्णकुमार जोशी, बेलु श्रेष्ठ, नविना श्रेष्ठ र रविना श्रेष्ठले विद्यालयमा  अक्षयकोषको लागि रकम प्रदान गरिएको हो । दलित, जनजाती, पिछडिएका समुह, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न रकम प्रदान गरिएको सन्तुमायाले बताइन् । मोतीकुमार जोशी स्मृति कोषबाट प्राप्तहुने व्याज रकमबाट प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button