हेडलाईनसमाचारसाहित्यगण्डकीनगरपालिका /गाउँपालिका

सहिद तथा बेपत्ता योद्धाहरुप्रति समर्पित पुस्तक ‘अमरगाथा’ को विमोचन

प्रहार समाचार । तनहुँ, फागुन २० आइतवार । सहिद तथा बेपत्ता योद्धाहरुप्रति समर्पित पुस्तक ‘अमरगाथा’  सार्वजनिक भएको छ।

सशस्त्र द्वन्द्वका क्रममा तनहुँ जिल्लामा सहादत प्राप्त गर्ने शहीद तथा बेपत्ता योद्धाहरूको जीवनीमा आधारित ‘अमरगाथा’ पुस्तकको शनिवार सार्वजनिक गरिएको हो ।  जनयुद्ध अध्ययन प्रतिष्ठानद्वारा प्रकाशित नेकपा (माओवादी) केन्द्रकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाकोद्वारा लिखित उक्त पुस्तकको   दमौलीमा हिंजो आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका महासचिव , संविधान सभा सदस्य एवं पूर्व मन्त्री देवप्रसाद गुरुङले   विमोचन गर्दै   महासचिव गुरुङले सहिदको सपना पूरा गर्नुपर्नेमा जोड दिए । शहीदको बलिदान र योगदानले मुलुकमा गणतन्त्र स्थापना भएकाले यसको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती भएको बताए ।

नेकपा माओवादी केन्द्र तनहुँका इन्चार्ज एवं प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री हरिबहादुर चुमानले पुस्तक ऐतिहासिक र सङ्ग्रहरणीय रहेको बताउँदै अमर शहिदहरुको योगदान कहिल्यैपनि नमेटिने बताए ।

पुस्तकमा तनहुँमा सहादत प्राप्त गर्ने ६५ र बेपत्ता १५ गरी ८० जना सहिद तथा बेपत्ताको जीवनी र कुराकानी समावेश गरिएको पुस्तकका लेखक नेकपा (माओवादी) केन्द्रकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले बताईन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button