हेडलाईनव्याससमाचारगण्डकी

व्यासका धान प्रबद्र्धन कार्यक्रम अन्र्तगतका वडामा माटो परीक्षण सुरु :  नाइट्रोजन,पोटासियम र फोसफरस लगायतका खाद्य तत्वहरुको कमि

प्रहार समाचार । तनहुँ , फागुन १८ शुक्रवार ।व्यास नगरपालिका मतहतका धान प्रबद्र्धन कार्यक्रम अन्र्तगतका वडाहरूमा माटो परीक्षण कार्य थालिएको छ । माटोमा बोटबिरुवालाई आवश्यक पर्ने खाद्य तत्वको अवस्था पहिचान गर्नका लागि माटो परीक्षण कार्य थालिएको व्यास नगापालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । ” हामीले कृषि, पर्यटन र शिक्षालाई प्रार्थमिकतामा राखेर काम गरेका छौ सोहि बमोजिम नगरपालिकाको पहलमा माटोको अवस्था पत्तालगाई कृषिलाई व्यावसायिक बनाएर आय आर्जनमा टेवा पुग्छ ” । मेयर न्यौपानेले भने  ।


माटो परीक्षणको क्रममा नाइट्रोजन,पोटासियम र फोसफरस खाद्य तत्वको कमि देखिनुका साथै कुनै कुनै माटोमा हल्का अम्लीयपन देखिएको छ।  व्यास नगरपालिका कृषि विकास उपशाखाको आयोजना र माटो तथा मल परीक्षण प्रयोगशाला गण्डकी प्रदेशको प्राविधिक सहयोग काम  सुरु गरिएको हो। जस्का लागि गण्डकी प्रदेश सरकारले दुई जना प्राविधिक खटाएको व्यास नगरपालिका कृषि विकास उपशाखाका प्रमुख प्रतिमा बगालेले बताईन् ।

शाखाका नायव प्राविधिक सहायक रमेश निरौलाले धान प्रबद्र्धन कार्यक्रम अन्र्तगत चैते धान र बर्षे धान दुवैका लागि हुने गरी माटो परीक्षण गरिएको बताउँदै  नगरका ५, ६,७,८, र १ नम्बरका वडाको माटो परिक्षण गरिएको प्रहार समाचारलाई बताए । दुई दिनको अवधिमा करिब चार सय वटा नमुना माटो परीक्षण बताउँदै निरौलाले  माटो परीक्षण पश्चात रिर्पोट आएपछि वडा वडामै गएर कृषकलाई भेला गराई रिर्पोट प्रदान गर्ने लक्ष्य राखिएको बताए ।

व्यासका सबै वडामा माटो परीक्षण गरी उत्पादनमा बृद्वि गर्ने योजना अनुरूप काम अगाडी बढाइएको व्यास नगापालिकले जनाएको छ। माटो परिक्षण पछि कृषकहरुले आफ्नो खेतबारीको माटोको अवस्था थाहा पाउने छन् । करिब दुई हप्ता अघि माटोको नमुना संकलन गरी हिंजो र आज माटो परीक्षण कार्य भैरहेको छ। माटो परीक्षण पछि आएको नतिजाको आधारमा कुन मल कति मात्रामा प्रयोग गर्ने भन्ने बिषयमा किसानलाई जानकारी दिइने छ । गतबर्ष धान प्रबद्र्धन कार्यक्रम अन्र्तगत धानको कलस्टर लागू भएका व्यासका ५,६,७ र ९ नम्बर वडाका माटो नमुना संकलन गरी परीक्षण गरिएको हो । माटो परीक्षणका लागि वडा नं १ र ११ बाट पनि निवेदन आएको छ ।

धान प्रबद्र्धन कार्यक्रम अन्र्तगत चैते धान र बर्षे धान दुवैका लागि हुने गरी माटो परीक्षण गरिएको कृषि विकास उपशाखाले जनाएको छ ।  दुई दिनको अवधिमा करिब चार सय वटा नमुना माटो परीक्षण गरिने र परीक्षण पश्चात रिर्पोट आएपछि वडा वडामै गएर कृषकलाई भेला गराई रिर्पोट प्रदान गर्ने लक्ष्य उपशाखाले राखेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button