हेडलाईनसमाचारप्रदेश

मोरङको बेलबारीमा ट्रिपर दुर्घटना : तीन जनाको गयो ज्यान

प्रहार समाचार । मोरङ, फागुन, १८ शुक्रवार । मोरङको बेलबारीमा भएको ट्रिपर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । बेलबारी नगरपालिका-३ स्थित पुरानो मालपोत जाने बाटोमा आज बिहान दुर्घटना भएको हो ।  दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो । बाँकी एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिहान साढे ६ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँकी ४४ वर्षीया दिपा खनाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले जानकारी दिए । उनीहरूको घट्ना स्थलर्मै मृत्यु भएको हो । 

यस्तै, झापाको बिर्तामोड २ बस्ने ३६ वर्षीय कृष्ण गजुरेलको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको दाहालले बताए । उनी सुमो चालक हुन् । अन्य दुई जनाको न्यूरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको  छ । थप एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ ।  – लोकान्तर


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button