हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारसूचना प्रविधि

भारतले पहिलो पटक चारजना मानव लाई अन्तरिक्षमा पठाउँदै : अन्तरिक्षमा जानेहरुको नाम घोषणा

प्रहार समाचार । भारत, फागुन १५ मंगलवार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)को गगनयानमा अन्तरिक्षमा जाने चार अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका छन् । यो अन्तरिक्ष मिसन भारतले पहिलो पटक मानव पठाउन लागेको छ ।

केरलाको तिरुवनन्तपुरमस्थित विक्रम साराभाई स्पेस सेन्टरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले यस मिसनमा जान लागेका चार अन्तरिक्ष यात्रीको नाम घोषण गरेका छन् । यी चार अन्तरिक्ष यात्रीहरू समूह क्याप्टेन प्रशान्त बालकृष्णन नायर, समूह क्याप्टेन अजित कृष्णन, समूह क्याप्टेन अंगद प्रताप र विंग कमाण्डर शुभांशु शुक्ला हुन् । यिनीहरु चारै जना भारतीय वायुसेनामा कार्यरत छन् ।

यी चार नाम वा व्यक्ति होइनन् । १४० करोड आकांक्षालाई अन्तरिक्षमा लैजाने शक्ति हो । ४० वर्षपछि कोही भारतीय अन्तरिक्षमा जान लागेका छन् । यसपटक समय हाम्रो हो, काउन्टडाउन र रकेट पनि हाम्रै हुनेछ,’ मोदीले भने । यी चार अन्तरिक्ष यात्रीहरू बेंगलुरुको एस्ट्रोनट ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका छन् । यी अन्तरिक्षयात्रीहरूले रुसमा एक वर्ष लामो तालिम लिएका थिए । इसरोले सन् २०२४ देखि सन् २०२५ को बिचमा यो मिसन लञ्च गर्दैछ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button