प्रहार समाचार । तनहुँ, फागुन १५ मंगलवार । बाह्मण समाजको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शुक्लागण्डकी नगर समितिको आयोजनामा हिंजो दुलैगौडा बजारमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
त्यस अवसरमा बोल्दै ब्राम्हाण समाजका तनहुँ शाखाका अध्यक्ष कृष्णचन्द्र पाण्डे जातीय सद्भाव कायम गर्दै पाश्चात्य मुलुकको कूदृष्टिलाई सर्तकता पूर्वक लिएर आफ्नो धर्म र सस्कृतिलाई समयानुकुल प्रशिक्षण तथा संरक्षण गर्न आवश्यक रहेको बताए । अध्यक्ष पाण्डेले प्रत्येकले व्यक्तिले आ–आफ्नो आचरणलाई ख्याल गर्दै समाजलाई समुन्नत बनाउन योगदान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भानुभक्त क्याम्पसका पूर्व प्रमुख मोतीप्रसाद पौडेल, समाजका जिल्ला सचिव कृष्णहरी गैरे, जनप्रतिनिधीहरुको तर्फबाट शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजु वाग्ले ,उपाध्यक्ष ज्योतिप्रकाश तिमिल्सिना , शोभा तिमिल्सिनालेले आआफ्नो मन्तव्य राखेकी थिइन् । कार्यक्रम बाह्मण समाज शुक्लागण्डकी अध्यक्ष ऋषिराम पौडेलको सभापतित्वमा भएको थियो । त्यस अवसरमा सनातन धर्मको संरक्षण एवम् जातीय सद्भाव र सस्कार र सस्कृतिको संरक्षण तथा प्रचार प्रसारको बारेमा प्रशिक्षण दिईएको थियो ।शुक्लागण्डकी नगरपालिकाका १२ वटै वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरुहरुको सहभागी थियो।
























