प्रहार समाचार । तनहुँ, फागुन ६ आइतवार । कुमाल समाज नेपाल जिल्ला कार्य समिति तनहुँको अध्यक्षमा आलाेक कुमाल चयन भएका छन् ।
शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८, किमलडाँडा, तनहुँमा हिंजो भएको समाजको चौथो अधिवेशनबाट आलाेककाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हाे ।

समितिकाे उपाध्यक्ष त्रयमा मार्टिना कुमाल , रीता कुमाल र दिपक कुमाल ,सचिवमा सीता कुमाल.सह-सचिवमा: चित्र बहादुर कुमाल तथा कोषाध्यक्षमा धन बहादुर कुमाल चयन भएका छन् ।
यस्तै समितिकाे सदस्यहरूमा इनामाय कुमाल ,सोम बहादुर कुमाल , सविता कुमाल.अम्बिका कुमाल ,बुद्धिबल कुमाल , रजनी कुमाल ,बसन्ती कुमाल , भिम बहादुर कुमाल , संगीता कुमाल र भरतमोहन कुमाल चयन भएका छन् ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै कुमाल समाज नेपालका केन्द्रिय अध्यक्ष विशाल कुमालले नेपाल चारजात छत्तिस वर्णको साझा फूलबारी भएकाले सबै जातजाति र समुदायको उत्त्थानमा सरकारलाई जिम्मेवार भएर लाग्न आग्रह गरे । कार्यक्रममा कुमाल समाज नेपालका केन्द्रिय उपाध्यक्ष कुल कुमार कुमाल, केन्द्रिय सल्लाहकार खिम बहादुर कुमाल , केन्द्रिय सचिव मदन कुमाल, शिव कुमाल, राजन कुमाल ,केन्द्रिय कोषाध्यक्ष राममाया कुमाल, केन्द्रिय सदस्यहरु केश बहादुर कुमाल, सर्मिला कुमाल लगायतले कुमाल जातिले आफ्नो कला, संस्कृति, रितिरिवाज र परम्परालाई जोगाइ राख्नुपर्नेमा जोड दिंदै नयाँ पुस्तालाई संस्कार र संस्कृति हस्तान्तरणको अभियानमा लाग्नु पर्ने बताए। कार्यक्रममा संस्थाका अग्रज संस्थापकहरुलाई कला,संस्कृति संरक्षणमा योगदान पुऱ्याए बापत सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर / गाउँ समितिको तर्फबाट कुमाल समाज नेपाल भिमाद नगर समितिका अध्यक्ष राममाया कुमाल र सम्पुर्ण संस्थापकहरुको तर्फबाट शिवलाल कुमालले शुभकामना राखेका थिए ।
























