हेडलाईनसमाचारबागमती

चितवनका  किसानहरुले कृषि मन्त्रीको राजीनामा माग्दै सडकमै पोखे दूध

प्रदार समाचार । चितवन, फागुन ६ आइतवार ।चितवनका दूग्ध किसानहरुले कृषि मन्त्री डा.बेदुराम भूसालको राजीनामा माग्दै सडकमै दूध पोखेका छन् ।

दूध विक्री तथा भुक्तानीमा देखिएको बेतिथीविरुद्धको आन्दोलन स्वरुप आज सडकमै दूध पोखेर उनीहरुले बिरोध जनाएका हुन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा किसानहरु भेला भएर दुई क्यान दूध सडकमै पोखेर बिरोध गरेका हुन् । उनीहरुले कृषि मन्त्रीविरुद्ध चर्को नारा लगाएका छन् । तत्काल कृषि मन्त्री भुसालले राजीनामा दिनुपर्ने भन्दै राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाईमा किसानहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । बिरोध स्वरुप सांकेतिक रुपमा सडकमै दूध पोखेर बिरोध जनाईएको संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए । उनले वर्तमान कृषि मन्त्री इसाल असक्षम सावित भइसकेको भन्दै किसानको समस्या समाधान गर्न नसक्ने कृष मन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

उनले दूध विक्री तथा भुक्तानीमा देखिएको बेतिथीविरुद्ध चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्दै जाने बताए । चितवनमा हाल दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आइरहेको छ । त्यसमध्ये १ लाख ५१ हजार लिटर दूध काठमाडौँलगायतका जिल्लाहरुमा विक्री हुँदै आइरहेको संघले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button