आँबुखैरेनीहेडलाईनसमाचार

जिप दुर्घटना हुँदा एकको मृत्यु, सात जना घाइते

प्रहार समाचार । तनहुँ, फागुन ६ आइतवार । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् ।

पृथ्वीराजमार्ग पर्ने डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ न. को बोलेरो शनिवार साँझअनियन्त्रित भई सडकको छेउमा पल्टिदा मृत्यु तथा घाइते भएका हुन् । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २२ को सागर गुरुङको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा मृत्यु शनिबार राती ११ः१५ राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते हुनु भएका गुरुङको स्थानीय अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए  । सबै घाईतेका पुरानो मेडिकल कलेजमा नै उपचार भईरहेको छ । घाईतेहुनेहरुमा  ईच्छाकामना गाउँपालिका–. ५ बस्नेहरु २२ बर्ष को डम्बर बहादुर गुरुङ, बर्ष २४ को कमल गुरुङ, बर्ष ४६ को रुद्रबहादुर चेपाङ, बर्ष १८ को जित गुरुङ गुरुङ छन् ।


यसैगरी अन्य घाईतेहरुमा ईच्छाकामना गाउँपालिका–६ बस्ने बर्ष १९ को रुपक गुरुङ, भरतपुर महानगरपालिका– २९ बस्ने बर्ष ३४ को टेस्ट बहादुर गुरुङ र गोरखाको शहिद लखन गाउँपालिका–३ बस्ने बर्ष ३० को पुर्ण गुरुङ छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button