प्रहार समाचार । ।तनहुँ, माघ ३ बुधबार । तनहुँको भानु नगरपालिका ११ मानेचौकामा रहेक त्रिभुवन क्याम्पस मानेचौकालाई आंगिक क्याम्पस बनाउने कार्यको थालनी भएको छ ।
स्नातोकत्तर कक्षा संचालित उक्त क्याम्पस लाई आंगिक क्याम्पस बनाउन भानु नगर प्रमुख आनन्द राज त्रिपाठीको नेतृत्वको टोलीले आज पूर्वांचल विश्व विद्यालय,विराटनगरका उपकुलपति प्रा.डा.यादव राज कोइरालालाई भेटगरि प्रस्ताव सहितको निवेदन हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा भानु ११ का वडा अध्यक्ष विमल राज जोशी ,क्याम्पस प्रमुख रविन्द्र राज जोशी ,त्रिभुवन क्याम्पस संचालक समिति अध्यक्ष टेक बहादुर गुरुंग , त्रिभुवन क्याम्पस संचालक समिति सदस्य गोविन्द राज मिश्र , त्रिभुवन क्याम्पस संचालक समिति सदस्य राजेन्द्र राज जोशी लगायतको सहभागिता रहेको थियो |
प्रस्ताव सहितको निवेदन पेश गरेपछि नगरप्रमुख त्रिपाठीले भानुको शिक्षा क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको बताउँदै नगरपालिका भित्रै उच्च शिक्षा प्रदान गर्नु पर्छ भन्ने उदेश्यले यस कामलाई आडी बढाईएको बताए ।















