प्रहार समाचार । तनहुँ , माघ ३ बुधबार । तनहुँको व्यास नगरपालिका वडा नं. ३ जिल्ला प्रशासन चोक नजिक पूर्व राजा स्वगीय महेन्द्रको शालिकको पुनः स्थापना गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले बुधबार बिहानै चारबजे सो स्थानमा पूर्व राजाको शालिक राखेको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले बताए । इतिहास मेटाएर मेटिंदैन र मेटाउन पनि हामी दिंदैनौं अध्यक्ष घर्तीले भने ।

उत शालिक जन आन्दोलन २०६२ / ६३ मा तोडफोड गरिएको थियो । राप्रपाले पृथ्वी जयति पुस २७ गतेनै पूर्व राजाको शालिक राख्ने बताएको भएतापनि प्रशासन को अवरोधकाकारण राख्न भने सकेको थिएन । पूर्व राजाको शालिक राख्ने कामलाई राजाबादीहरु र अन्य नागरिकहरूले सह्राहनिय काम भएको बताएका छन् ।


























