हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

नगरवासिलाई व्यासको उपहार : नकुहिन फोहोर नउठाउने

प्रहार समाचार । तनहुँ , माघ २ मंगलबार । व्यास नगरपालिकाले हालसम्म पनि व्यवस्थित फोहर फाल्ने ल्याण्ड फिल्ड साईड निर्माण गरि व्यवस्थापन गर्न नसक्दा नगरका बासिन्दालाई नकुहिने फोहर बुधबार बाट नउठाउने उपहार दिने भएको छ । 

नगरपालिकाकाले मंगलबार सूचना जारी गर्दै नकुहिने फोहोरको व्यवस्थापन नगरवासी आफैले गर्नुपर्ने जनाएको छ ।
वडा नम्बर ६ का वडाध्यक्ष तथा प्रवक्ता जीवन गुरुङद्धारा जारी विज्ञप्तीमा अर्को व्यवस्था नभए सम्मको लागि नहुहिने फोहोर नउठाउने जनाईएको छ । विज्ञेप्तीमा नकुहिने फोहोर संकलन कार्य अर्को व्यवस्था नहुदाँसम्म माघ ३ गते देखि विशेष कारणबस उठाउन नसकिने हुदाँ नकुहिने फोहोरको केहि दिन स्वंयमले घरमै सुरक्षित राख्नुहुन अनुरोध गरिएको छ ।

विज्ञप्तीमा व्यास नगरपालिका फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा निरन्तर लागि परेको तर  विगत ३०/३२ वर्ष सम्म भएको स्थायी समाधानका लागि विभिन्न विकल्पमा कार्य भइरहे पनि समाधान हुन नसेकेको  लाजमर्दो भनाई नगरपालिकाको रहेको छ।

कुहिने फोहोर र नकुहिने फोहोर घर घरबाट छुट्टयाउने कार्य भएता पनि नहुकिने फोहोरमा कुहिने फोहोर अझै मिसिएको अवस्था छ, जस्ले गर्दा नकुहिने फोहोर विसर्जन गर्ने स्थानमा दुर्गन्धहरु आएर स्थानीयको गुनासो आइरहेको छ । तसर्थ सम्पुर्ण नगरवासीमा कुहिने फोहोरलाई अलग गरिदिनुहुन र कुहिने फोहोर संकलन गर्न एकदिन बिराई नियमित गाडि आउने व्यहोरा अनुरोध विज्ञप्तीमा गरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button