प्रहार समाचार । काठमाडौँ, पुस २ मंगलबार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

जसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य १६६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ । भारतीय आयल निगमले मूल्य घटाएर पठाएकाले नेपालमा पनि घटाइएको निगमले जनाएको छ ।


























