हेडलाईनसमाचारगण्डकीखेलकुद

शहीद रानाभाटको सम्झनामा फुटबल प्रतियोगिता सुरु

प्रहार समाचार । तनहुँ, पुस २६ बिहिबार । शहीद निर्मल रानाभाटको सम्झनामा चौंथो निर्मल स्मृति कप फुटबल प्रतियोगिता बिहीबारबाट दमौलीमा सुरु भएको छ ।

व्यास नगरपालिका–१ भादगाउँ, दमौली स्थित निर्मल माध्यामिक विद्यालयको  निर्मल स्पोर्ट क्लबको आयोजनामा प्रतियोगिता गरिएको हो ।  प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै यस्ता प्रतियोगिता ले एकातिर सहीद प्रति सम्मान हुने र अर्कातिर  विद्यार्थीको खेलप्रति रुची जगाउन मद्धत पुग्ने बताए ।

कार्यक्रममा निर्मल माध्यामिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत, शिक्षक अभिभावक सङ्घका अध्यक्ष हरि खनाल, शिक्षक लोकराज सेढाइँ, निर्मल स्पोर्ट क्लबका अध्यक्ष अनुष आले, पूर्व अध्यक्ष आयुष आचार्य लगायले खेलकुदले देश चिनाउन, मानिस अनुसाशित र  स्वास्थ्य बन्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिइनुपर्नेमा जोड दिएका थिए।

प्रतियोगिताको उद्घाटन खेल निर्मल माध्यामिक विद्यालय ह्वाईट र शिवपाञ्चायन माध्यामिक विद्यालयबीच प्रतिस्पर्धामा निर्मलले शिव माविलाई ६, ० को फराकिलो अन्तरले हराएको छ । दोस्रो खेलमा दमौली कलेजले रामज्योती बोडिङ स्कुलाई ३, ० ले हराएको छ । २८ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेलाई ३२ हजार, द्धितीय हुनेलाई १८ हजार एवम् शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लबले जनाएको छ ।

वि.स. २०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सार्ने क्रममा भएको आन्दोलनको क्रममा निर्मल रानाभाट शहीद भएका थिए । उनकै सम्झनामा निर्मल माध्यामिक विद्यालय स्थापना गरिएको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button