हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

महिला विहिन तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार इकाई

प्रहार समाचार । तनहुँ, पुस२३ सोमबार । तनहुँ उद्योग बाणिज्य संघको २८ औं साधारण सभा तथा १२ औ अधिवेशन पछि बनेको समिति  महिला बिहिन बन्न पुगेको छ ।आइतबार राती सम्पन्न भएको अधिवेशन पछि बनेको समितिमा आधा आकाश ढाकिएका महिलाहरु एक जना पनि छैनन् ।

इकाई समितिको सभापतिमा सुकनारायण मल्ल, उपसभापतिमा शेषराज श्रेष्ठ, कोषाध्यक्षमा नारायण मल्ल रहेका छन् । त्यसैगरी सदस्यहरुमा अनिलकुमार श्रेष्ठ,अनुप दाहाल,अर्जुन पौडेल,बलराम वाग्ले,बीरबहादुर नेपाली,बिष्णुकुमार कायस्थ,चिजकुमार श्रेष्ठ,नारायण सापकोटा,पोष्टमान श्रेष्ठ,रबि भुजेल,प्रकाश श्रेष्ठ,संगम घर्ती,ठाकुर प्रसाद पौडेल र टिकाराम गिरी चयन भएका छन् । त्यसैगरी  जिल्ला प्रतिनिधिमा भरत कुमार श्रेष्ठ,किन कुमार श्रेष्ठ,एक प्रसाद श्रेष्ठ,महेश मल्ल,सलिम मियाँ बिजयी भएका छन् ।


महिला विहिन कार्यसमितिलाई लिएर अहिले बजारमा विभिन्न टिका टिप्पणीहरू सुरु भएका छन्। अब आमन्त्रीत सदस्यमा मनोनयन गरेर महिला पनि छन् भन्ने पार्न खोजिएको एक व्यापारीले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button