हेडलाईनसमाचारप्रदेश

राष्ट्रियसभामा कांग्रेसका उम्मेदवार छनोटप्रति महामन्त्री द्धय  थापा र शर्माको कडा आपत्ति

प्रहार समाचार । काठमाडौँ, पुस २३ सोमबार । राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसको उम्मेदवार छनोटप्रति नेपाली कांग्रेसका प्रभावशाली युवा नेता महामन्त्री द्धय  गगन थापा र विश्वप्रकाश शर्माले कडा आपत्ति जनाएका छन् ।


उम्मेदवार छनोटप्रति असन्तुष्ट गगनले लिखित रूपमै फरक मत राखेका हुन् । उनले राष्ट्रिय सभामा विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरिए पनि उम्मेदवार छनोटमा त्यसो हुन नसकेको भन्दै असहमति जनाएका हुन् । ‘हाम्रो संविधानले राष्ट्रियसभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेका जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ,’ उनले असहमतिमा भनेका छन्, ‘यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पुस १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रियसभाको उम्मेदवार चयन सम्बन्धमा हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिनेलगायतको मापदण्ड तय गरेको थियो । तर संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन ।’

उता अर्का प्रभावशाली महामन्त्री विश्वकप्रकाश शर्माले ६ बुँदे फरक मत राखेका छन् । संसदीय बोर्डलाई पूर्णता नदिएर पदाधिकारीले मात्रै निर्णय गरेको, समावेशी नबनाएको, नेतृत्वले एकलौटी गरेको, योग्य र योगदान गरेकालाई नसमेटेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । 

नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?’ शार्माले प्रश्न गरेका छन्, ‘राष्ट्रिय सभाकै नेतृत्व गर्नेगरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुहुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ।’ शर्माको तर्क छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button