हेडलाईनसमाचारविजनेसप्रदेश

‘म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन् ‘ : राष्ट्रपति पाैडेल

प्रहार समाचार । विराटनगर, पुस ७ शनिबार । राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने स्पष्ट पारेका छन्।

नेपाल उद्योग परिसंघ काेशी प्रदेश समितिले विराटनगरमा  शनिबार  गरेकाे प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूकाे भेलालाई सम्बाेधन गर्दै  राष्ट्रपति पाैडेलले भने – म तपाईँहरूलाई के विश्वास दिलाउन चाहान्छु भने कि मेरो तागतले भ्याएसम्म  र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।

आफूलाई संविधानले दिएको ज़िम्मेवारी निष्ठापूर्वक पालना गर्ने प्रतिवद्धता पनि प्रकट गर्दै राष्ट्रपति  पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको  महत्वपूर्ण भूमिका रहेको  बताए। राष्ट्रपतिले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकतामा जोड दिंदै स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्ने मा जोड दिए। “सूचना प्रविधिलाई सहज र सरल नीतिगत आधार तयार गरिदिने हो भने व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका निभाउन सक्ने स्थिति छ”, राष्ट्रपति पौडेलले भने।  “मैले यहाँ भन्नै पर्दछ, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै, वातावरण संरक्षणका साथ हरित अर्थतन्त्र र दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तह नीजिक्षेत्रसँगको समन्वय र सहकार्यमा अगाडि बढ्नुपर्दछ ” राष्ट्रपतिको भनाई थियो ।

स्वदेशमै, गाऊँघरमा सम्मानजनक रोजगारी र आम्दानीको सृजना नहुँदा सारा जनशक्ति विदेशिएर आज हाम्रा गाऊँघर रित्तिदै छन् भन्दै राष्ट्रपति पौडेलले यो स्थितिलाई रोक्नका लागि हाम्रो कृषि, वन र खनिजमा आधारित उद्योगहरूको व्यापक विस्तार गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button