हेडलाईनव्याससमाचारगण्डकी

सत्यवती माध्यमिक विद्यालय राष्ट्रिय आइसिटी अवार्ड २०२३ मा प्रथम

प्रहार समाचार । तनहुँ, पुस ६  शुक्रबार ।
  तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर २ मा रहेको सत्यवती माध्यमिक विद्यालय सूचना तथा प्रविधिको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्ड  २०२३ मा प्रथम हुन सफल भएको छ।

काठमाडौँको सोल्टी होटलमा एक भव्य कार्यक्रमका बिच आज शुक्रबार भएको  ग्रयाण्ड फिनालेमा अन्य दुई सरकारी विद्यालय लाई पछाडी पार्दै सत्यवती माध्यामिक विद्यालयले उक्त अवार्ड जित्न सफल भएको हो। सूचना तथा संचार मन्त्री रेखा शर्मा, नेपाली कांग्रेसका नेताद्धय प्रकाश शरण महत र चन्द्र भण्डारी तथा आइसिटी अवार्डका अध्यक्ष राजन लम्सालले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, प्रधानाध्यापक पुष्पकला भटटराई लगायत को टोलीलाई , संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरेका थिए।

देशभरबाट छनोट भएका उत्कृष्ट तीन सामुदायिक विद्यालय मध्ये सत्यवती मध्यामिक विद्यालयले नवलपरासीको भिमसेन आदर्श नमूना माध्यामिक विद्यालय र मोरङको सुकुना माध्यामिक विद्यालय लाई पछाडी पार्दै आइसिटी अवार्ड २०२३ हात पार्ने सफल भएको हो। सत्यवती माध्यामिक विद्यालयमा कक्षा पिपि वान देखि ७ कक्षा सम्म स्मार्ट टिभि कक्षा ८ देखि १२ कक्षा सम्म स्मार्ट बोर्ड मार्फत पठनपाठन अगाडी बढाइरहेको छ । हरेक कक्षाकोठामा इन्टरनेटको सुविधा तथा हरेक कक्षा कोठा तथा आवश्यक अन्य स्थानमा सिसि क्यामराबाट निगरानी हुने व्यवस्था तथा प्रधानाध्यापकको कोठाबाट हरेक कक्षाकोठाको मनिटरिङ तथा निर्देशन गर्ने व्यवस्था मिलाएको छ ।

देशैभरीमा आइसिटिको क्षेत्रमा प्रथम हुन सफल भएपछि प्रहार समाचार संग कुरा गर्दै विद्यालय  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले लगनशील विद्यार्थी, मेहनती शिक्षक र सचेत अभिभावक तथा नयाँ जोश र जाँगर सहित केहि गरौं भन्ने जुझारू समितिका साथिहरुको परिश्रमबाट विद्यालयले यो सफलता गरेको बताए । विद्यालयका प्रधानाध्यापक पुष्पकला भटृराई  हाम्रो यहि राम्रो कामको मूल्याङ्कनका आधारमा देशकै प्रतिष्ठित अइसिटी अर्वाड जित्न  सफल भएकोमा सिङ्गो विद्यालय परिवार र सरोकार वलाप्रति कृतज्ञता व्यक्त गर्दै यस्ले विद्यालयलाई थप हौसला र जिम्मेवार बनाएको बताईन्। उनले थपिन ‘यस्ले सत्यवती माध्यामिक विद्यालय आइसिटी मा सर्वोत्कृष्ट रहेको ठहर्दछ ।’ अवार्ड संगै विद्यालयले आइसिटीका विभिन्न अफरहरू समेत प्राप्त गर्ने भएको छ ।

लिभिङ विथ आइसिटी मुख्य आयोजक रहेको आइसिटी अवार्डको आठौं संस्करणको छनोटका लागि नेपालका १४ र अन्य देशका चारजना जुरी सदस्य रहेका थिए भने १५ जनाको विशिष्ट सल्लाहकार समिति गठन भएको थियो । सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृ र विस्तारित रुपमा आयोजना गरिँदै आएको अइसिटी अवार्डका अध्यक्ष राजन लम्सलले प्रहार समाचारलाई बताए ।
आइसिटी अवार्डहरूमध्ये सबैभन्दा बृहत निष्पक्ष र पारदर्शी रहने आयोजकको दाबी रहेको छ। स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी  अवार्ड , व्यक्तिगत योगदानको आधारमा प्रदान गरिने अवार्ड तथा संस्थागत विधाहरूतर्फ डिजिटल एजुकेसन आइसिटी अवार्ड, स्टाटर्स प्रडक्ट राइजिङ स्टार डिजिटल पब्लिक सेन्टर तथा प्राइभेट सेन्टर डिजिटल गभर्मेन्ट आइसिटी अवार्ड २०२३ का सबै विधाका अवार्डहरू आजनै प्रदान गरिएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button