हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको सदरमुकाम दमौलीमा भक्तिमय  श्रीमद्भागवत  ज्ञान महायज्ञ  सम्पन्न

प्रहार समाचार । तनहुँ, पुस ६ शुक्रबार । तनहुँको सदरमुकाम दमौलीमा भक्तिमय  श्रीमद्भागवत  ज्ञान महायज्ञ सप्ताह शुक्रबार सम्पन्न भएको छ।
उक्त  ज्ञानमहायज्ञको समापन समारोहमा बोल्दै गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठले , संस्कृति , रितिरिवाज र परम्पराले नेपाली नेपालीमा आपसी सद्भाव कायम राख्नुका साथै संस्कार र आचरणमा समेत शुद्धता ल्याउने बताए । सांसद श्रेष्ठले प्रदेश सरकार समग्र व्यास पराशर क्षेत्रको विकासमा साथ रहेको बताए।

धर्म संस्कृति, परम्परा, निष्ठालाई अक्षुण राख्ने उद्देश्यले तथा दिवंगत भएका व्यक्तिहसको आत्माको चिर शान्तिको कामनाकालागि र सबै व्यतिहरुले घरघरमा महायज्ञ लगाउन नसक्ने भएकाले भक्तजनहरुको  कल्याणका लागि .महायज्ञ सम्पन्न गरिएको  श्रीकृष्ण द्वैपायन  जेष्ठनागरिक सत्संग समितिका अध्यक्ष प्रेमप्रकाश भटराईले जानकारी दिए ।

  ज्ञान महायज्ञका सल्लाहकार संरक्षक डा.रघुनाथ न्यौपानेले समाजमा हत्या हिंसा र नराम्रा कामको बिगबिगी बढेकोले समाजलाई सत्मार्गमा दोर्‍याउन यस्ता महायज्ञ महत्वपूण हुने बताए।व्यासका अध्येता  काशीनाथ न्यौपानेको प्रमुख वाचकत्वमा सम्पन्न उक्त  कार्यक्रममा उच्च अदालतका पूर्व न्यायाधीश विष्णुदेव पौडेल,समाजसेवी ताराप्रसाद श्रेष्ठ, व्यास अन्न क्षेत्रका प्रमुख संरक्षक शान्ति स्वरूपानन्द दामोदर बाबा,  सत्संग समितिका उपाध्यक्ष विन्दु वाग्ले लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए।

व्यास नगरपालिका वडा नम्बर ३ शिवपाञ्चन मन्दिर परिसर भित्र रहेको श्रीकृष्ण द्वैपायन  जेष्ठनागरिक सत्संग समितिको भवनमा गत मङ्सिर २८ गतेदेखि सुरु भएको महायज्ञ आज शुक्रबार विधिपूर्वक समापन भएको महायज्ञ आयोजक समितिका सचिव कृष्णराज वाग्लेले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button