हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

इजरेली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार

प्रहार समाचार । काठमाडौँ, पुस ५ बिहिबार । गाजा पट्टीमा इजरेली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् ।

यसैबीच वेस्ट बैंकमा इजरेली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ । 

गाजामा गत २४ घण्टामा इजरेलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् ।  अक्टोबर ७ देखि इजरेलले दक्षिणी इजरेलमा हमासको आक्रमण पछि गाजा पट्टीमा हमास बिरुद्ध युद्ध शुरु गरेको थिया । जसमा इजरेली अधिकारीहरूकाअनुसार लगभग १ हजार २ सय इजरेलीहरूको ज्यान गएको छ ।

 मृत्यु हुनेमा ८ हजार भन्दा बढी बालबालिका र ६ हजार २ सय बढी महिलाहरू छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button