हेडलाईनसमाचारबागमती

अबको २८ दिनमा मेलम्चीको पानी काठमाडौमा !

प्रहार समाचार, काठमाडौँ ४ बुधबार ।
मेलम्ची खानेपानी विकास समितिले २८ दिन भित्रमा काठमाडौंमा पानी ल्याउने दाबी गरेको छ । समितिले मंगलबार विज्ञप्ति जारी गर्दै आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले अबको २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने दाबी गरेको हो । 

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले निकालेको विज्ञप्तिमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण व्यवसायीलाई साइटमा परिचालनका लागि आवश्यक सहजीकरण रसहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र दुई सिफ्टमा काम गरी बढीमा २८ दिनभित्र पानी सुरुङमा पठाउने प्रवक्ता पन्तले जानकारी दिए ।
सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुनेछ र दुई सिफ्टमा काम गरी बढीमा २८ दिनभित्र पानी सुरुङमा पठाउने प्रवक्ता पन्तले जानकारी दिए ।

पथान्तरणपश्चात मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने छ र काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरणका लागि पुनः उपलब्ध हुने व्यहोरा उपत्यकाबासीलाई जानकारी गराइन्छ ।

गत असारदेखि बन्द मेलम्ची खानेपानी आयोजनाको पानी अझै काठमाडौं आउन सकेको छैन । आयोजनाको बाँधमा धमिलो पानी र बाढी आउन थालेपछि साढे दुई महिनाका लागि मेम्चीको पानी बन्द गरिएको थियो । लोकान्तर



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button