हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतको दुबै सदनमा हंगामा : ४८ सांसद निलम्बनमा

प्रहार समाचार । भारत, पुस ३ मंगलबार ।भारतको संसदको हिउँदे अधिवेशनको १२ औँ दिन मंगलबार प्रतिपक्षका सांसदहरुको निलम्बनलाई लिएर दुवै सदनमा हंगामा भएको छ । विपक्ष सांसदहरुले सदनदेखि गेट र परिसरमासमेत नाराबाजी र प्रदर्शन गरेका छन् ।  लोकसभामा विपक्षका ४९ सांसदलाई निलम्बन गरिएको छ । 

अहिलेसम्म १४१ प्रतिपक्षका सांसदहरुलाई निलम्बन गरिएको छ । उनीहरुले आगामी सदनको कार्यवाहीमा सहभागिता जनाउन पाउने छैनन् । अहिलेसम्म १४१ प्रतिपक्षका सांसदहरुलाई निलम्बन गरिएको छ । उनीहरुले आगामी सदनको कार्यवाहीमा सहभागिता जनाउन पाउने छैनन् ।  लोकसभाको प्रश्नसूचीबाट २७ प्रशन पनि हटाइएको छ । सोमबार ७८ सांसदलाई निलम्बन गरिएको थियो । 

भारत स्वतन्त्र भएपछि पहिलो पटक एकैदिन यतिधेरै संख्यामा सांसदहरु निलम्बित भएका हुन् ।  यसअघि सन् १९८९ मा राजीव गान्धी सरकार भएका बेलामा ६३ सांसद निलम्बित भएका थिए ।  गत साता पनि १४ सांसद निलम्बनमा परेका थिए । 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button