प्रहार समाचार । भारत, पुस ३ मंगलबार ।भारतको संसदको हिउँदे अधिवेशनको १२ औँ दिन मंगलबार प्रतिपक्षका सांसदहरुको निलम्बनलाई लिएर दुवै सदनमा हंगामा भएको छ । विपक्ष सांसदहरुले सदनदेखि गेट र परिसरमासमेत नाराबाजी र प्रदर्शन गरेका छन् । लोकसभामा विपक्षका ४९ सांसदलाई निलम्बन गरिएको छ ।
अहिलेसम्म १४१ प्रतिपक्षका सांसदहरुलाई निलम्बन गरिएको छ । उनीहरुले आगामी सदनको कार्यवाहीमा सहभागिता जनाउन पाउने छैनन् । अहिलेसम्म १४१ प्रतिपक्षका सांसदहरुलाई निलम्बन गरिएको छ । उनीहरुले आगामी सदनको कार्यवाहीमा सहभागिता जनाउन पाउने छैनन् । लोकसभाको प्रश्नसूचीबाट २७ प्रशन पनि हटाइएको छ । सोमबार ७८ सांसदलाई निलम्बन गरिएको थियो ।

भारत स्वतन्त्र भएपछि पहिलो पटक एकैदिन यतिधेरै संख्यामा सांसदहरु निलम्बित भएका हुन् । यसअघि सन् १९८९ मा राजीव गान्धी सरकार भएका बेलामा ६३ सांसद निलम्बित भएका थिए । गत साता पनि १४ सांसद निलम्बनमा परेका थिए ।




















