प्रहार समाचार । तनहुँ, पुस २ सोमबार ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४८ साल पछि सबै उच्च पदस्थ नेता तथा कर्मचारीहरुको उच्च स्तरीय छानबिन समिति बनाएर सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।
महामन्त्री थापाले सोकुरा तनहुँ क्षेत्र नम्बर १ तनहुँले सोमबार दमौलीमा गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले कानुन नै बनाएर सबैको छानबिन गर्नु पर्नेमा जोड दिंदै देश बाट भ्रष्ट्राचार नहटेसम्म सूशासन कायम नहुने उनले दावी गरे।

दलहरुबीच चुनाव अघि नै गठबन्धन गर्दा कार्यकर्ताहरुको आस्थामा चोट पुगेको पाईएकोले यसलाई अन्त्य गर्नु पर्ने महामन्त्री थापाले बताए । सबै पाटीहरुबीच सहमती गरेर निर्वाचन आयोग समक्ष कुनै पनि दलले गठबन्धन गर्न नपाउने कानुनको व्यवस्था गर्न लगाउन सक्ने र सङ्घ, प्रदेश तथा स्थानीय तीन वटै तहको चुनावमा कुनै पनि दलले गठबन्धन गर्न नपाउने गरी कानुनी प्रावधान राख्नु उपयुक्त हुने उनको जोड थियो।

कांग्रेसले उद्योगहरु बन्द गर्यो भन्ने आरोप गलत भएको भन्दै महामन्त्री थापाले भृकुटी कागज उद्योग, गोरखाकाली रबर उद्योग, जनकपुर चुरोट घाटामा गएर बन्द बताए। थापाले तत्कालिन समयमा एक अरब भन्दा बढी घाटा भएको रकम सरकारले व्यहोर्नु परेको तथ्य सम्झनु पर्ने बताउँदै महामन्त्री थापाले २०४८ सालमा सरकारी मातहतका टाट पल्टिएका उद्योगहरु बन्द भएपनि नेपालकै इतिहासमा सबैभन्दा धेरै उद्योग २०४९ साल स्थापना भएको बताए । उनले कांग्रेसले उद्योग खोलकै कारण राजस्व सङ्कलनमा वृद्धि भएको, कांग्रेसले गर्दा नै देश अतित्व बचेको बताए ।




















