प्रहार समाचार । तनहुँ, पुस २ सोमबार ।
नेपाल शिक्षकसङ्घ तनहुका अध्यक्ष एवं युनियन एजुकेसनका सञ्चालक रमेश बाबुु भट्टराई र श्रीमति गाेैरा देवी अधिकारी भट्टराईले व्यास नगरपालिका वडा नं. -१ मा रहेको आदिकवि भानुभक्त क्याम्पसलाई सहयोग गरेका छन्।
क्याम्पसको शैक्षिक स्तरोन्नतीका लागि भटटराईले ५५ हजार पाँच सय ५५ रुपैया रुपैया सहयोग गरेका हुन् । सोमबार क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, आर्थिक समितिका संयोजक गोपाल सुर्खाली, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारीलाई उक्त रकम भट्टराईले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

त्यस अवसरमा बोल्दै क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले २०४४ सालमा जनताको सहयोग बाट स्थापीत यस क्याम्पसलाई हजारौँ मनकारी व्यक्तिहरुले सहयोग र सद्भाव दर्शएकोले क्याम्पस आज यहाँसम्म आईपुगेको र क्याम्पसले दिन प्रतिदिन प्रगति गर्दै गएको बताए । सबैको साथ र सहयोगकै कारण क्याम्पसले क्यु ए ए प्राप्त गरेको तथा हाल क्याम्पसमा २९ सय विद्यार्थीहरू अध्यायनरत रहेको बताए ।

सहयोग दाता रमेश बाबु भट्टराईले आफूले आम्दानी गरेको केहि रकम दान गरेको चर्चा गर्दै शिक्षा क्षेत्रजस्तो पवित्र संस्थामा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै एक वर्ष भित्र श्रीमति गौरादेवि अधिकारी भट्टराईको नाममा एकलाख रुपैयाको अक्षयकोष क्याम्पमा स्थापना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । स्थायी शिक्षक हक हित संरक्षण समितिका राष्ट्रिय अध्यक्ष समेत रहेका भट्टराईले समाज सेवाका क्षेत्रमा आफू निरन्तर लागिरहने बताए ।

यस अघि पनि भट्टराईले विपन्न, असहाय विद्यार्थी तथा संघ संस्था लगायत दर्जनौं को संख्यामा सहयोग गरिसकेका छन् । भटटराईले गरेको सहयोग प्रति क्याम्पस परिवारले आभार व्यक्त गरेको छ ।




















