प्रहार समाचार ‘जनकपुरधाम , मंसिर २९ शनिवार ।भगवान् राम र जानकीको वैवाहिक कार्यक्रम अन्तर्गत शनिबार जनकपुरधाममा मटकोर विधि सम्पन्न भएको छ ।
मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरु जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगी बिहेको बेदी बनाउनका लागि माटो ल्याएका छन् ।
महिलाहरुले माटो बोकेर नगर परिक्रमासमेत गरेका थिए । मटकोरको क्रममा गंगासागरको डिलमा भजनकीर्तनको कार्यक्रमसमेत राखिएको थियो ।




















