प्रहार समाचार । तनहुँ, पुस १ आईतबार ।
नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्ध व्यूँतिएको छ। यस संगै अब उनको मुद्दा दोर्होयाएर हेरिने भएको छ। साहको मुद्धा सर्वोच्च अदालतले दोहोर्याएर हेर्न अनुमति दिएको छ ।
सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले मंसिर २२ गते विगतको फैसला दोर्होयाएर हेर्ने आदेश जारी गरेको हो । सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए ।

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडितले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेको कारण देखाएर उच्च अदालत पोखराले उनलाई सफाइ दिएको थियो ।
फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोर्होयाएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो । यससंगै मुद्धा दोर्होयाएर हेरिने भएपछि अब के हुन्छ भन्ने प्रश्न खडा भएको छ।




















