प्रहार समाचार । बेलायत, मंसिर २७ बुधबार ।
रास्वपाका सभापति रवि लामिछाने र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यबीच भेटवार्ता भएको छ । बेलायतस्थित नेपाली राजदूताबासमा बुधबार भेटवार्ता भएको हो । उनीहरुबीच ब्रिटिस गोर्खा सैनिकका मुद्दा र कुटनीतिक पहल, नेपाल र बेलायतबीचको व्यापार तथा पर्यटन प्रवद्र्धनलगायतका विषयमा कुराकानी भएको थियो ।
यस्तै त्यहाँ रहेका नेपाली विद्यार्थीका समस्याबारे पनि छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ । सो क्रममा राजदूत आचार्यले दूतावासले दिँदै आएका सेवा र सुधारका प्रयासबारे सभापति लामिछानेलाई अवगत गराएका थिए ।
लामिछाने पार्टीको कार्यक्रमका लागि केही दिनअघि बेलायत पुगेका हुन्।
























