प्रहार समाचार । काठमाडौँ, मंसिर २६ बुधबार । टर्किमा भईरहेको फूटबल खेलमा क्वबका अध्यक्षले नै रेफ्रीमाथि मुक्का प्रहार गरेका छन् ।
सोमबार रातिको खेलका क्रममा रेफ्री हालिल मेलेरमाथि एमकेई एनकारागुकु क्लबका अध्यक्ष फारुक कोकाले मुक्का प्रहार गरेका हुन् । खेल एक- एक गोलको बराबरीमा चलिहेको अवस्थामा अध्यक्ष कोका दौडिएर मैदानमा प्रवेश गर्दै रेफ्रीको अनुहारमा मुक्का प्रहार गरेका थिए । त्यसपछि टर्कीएको फुटबल संघका अध्यक्ष मेहमेत बुयुकेक्सीले पत्रकार सम्मेलन गर्दै अनिश्चितकालका लागि लिगका खेलहरु रोकेका हुन् ।

उनले यो आक्रमण टर्कीस फुटबलमा लाजमर्दो कार्य भएको पनि बताएका छन् । आक्रमणबाट रेफ्री घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ । उनको अनुहारको हड्डीको केही भाग फुटेको छ । यो घटनाले सहभागी खेलाडी र अफिसियलहरुलाई पनि अराजक बनाएको थियो । ३७ वर्षका मेलेर टर्कीएका उत्कृष्ट रेफ्रीका रुपमा चिनिन्छन् । फिफाका अन्तर्राष्ट्रिय खेलहरुमा पनि ख्यातिप्राप्त मलेर युरोपको एलिट रेफ्रीको लिस्टमा समावेश छन् ।
























