प्रहार समाचार । तनहु, मंसिर २८ बिहिबार ।तनहुँ घर भई पोखरा लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र अस्ति सोमवार २५ गतेदेखि सम्पर्कविहीन भएका छन्।
.बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएका मिश्र त्यहीँबाट सम्पर्कविहीन भएका प्रहरीको भनाइ छ ।
बुवा हरिप्रसाद औषधि लिन गएका बेला संगम इमर्जेन्सी वार्डबाटै सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको छ । खोजी गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुङ्गे पुल परिसरमा कपडा र परिचय पत्र भेटिएको छ । थप खोजीका लागि आज सेती नदीको बाँध खोल्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
























