हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा   मानव अधिकार उल्लङ्घनको दर घट्दो : पुरुष भन्दा महिला बढि पिडित

तनहुँ । मङ्सिर २६ मंगलबार । तनहुँमा मानव अधिकार उल्लङ्घनका घटनामा गत वर्षको तुलनामा यस वर्ष कमि देखिएको छ । घटनामा क पुरुषको तुलनामा महिलाहरू बढि पिडित देखिएका छन्।

सन् २०२३ मा करीव एक वर्षको अवधिमा भएका घटनाको बारेमा जानकारी दिंदै इन्सेक तनहुँ दमौलीमा मंगलबार सार्वजनीक गरेको तत्याङ्कमा जिल्लामा ८७ वटा मानव अधिकार उल्लङ्घनका तथा ज्यादतीका घटनामा ९५ जना पिडित छन् । जसमध्ये ७४ जना महिला र २१ जना पुरुष पिडित भएको इन्सेक तनहुँका प्रतिनिधी प्रकाशचन्द्र भट्टराईले  जानकारी दिए ।

जिल्लामा गत वर्षे १ सय ११ वटा मानव अधिकार उङ्लघन तथा ज्याजतीका घटनामा १ सय १८ जना पीडित भएको तथ्याङ्कमा जनाईएको छ । गत वर्ष भन्दा यो वर्ष  घटनामा कमी आएको कार्यक्रमा जानकारी दिईएको थियो ।

मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन गर्नुपूर्व आयोजित कयिक्रममा तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले महिलाले नै महिलालाई हिंसा गर्ने गरेको बताउँदै सासुले बुहारीलाई पीडा दिने गरेको पाईएको, सासुले छोरी सरह माया गर्ने बुहारीले पनि आफ्नो जन्मदिने आमा सरह सम्मान गर्नुपर्ने बताए।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक  एवं प्रवक्ता मोहन बहादुर खाँड, नेपाली कांग्रेस तनहुँको प्रवक्ता हरि वाग्ले, सदस्य सिर्जना तिवारी, नेकपा एमालेका सचिवालय सदस्य सिताराम सुर्खाली, नेकपा माओवादी केन्द्र तनहुँका कार्यालय सचिव वसन्त दरै, अधिवक्ता सरिता भण्डारी थापा, मानव अधिकार निगरानी समुह तनहुँको सदस्य वसुन्धरा घर्ति, अपाङ अधिकारकर्मी मदन पौडेल लगायतले महिला हिंसा विरुद्ध र लैङ्गिक समानताका लागि निरन्तर गाउँ – गाउँसम्म पुगेर सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको भएपनि समाजमा रहेको पितृसत्तात्मक सोच, लैङ्गिक असमानता, अन्धविश्वास, अशिक्षा, बैदेशिक रोजगारी, बेरोजगारी, मादकपदार्थ सेवन,यौन असन्तोष र दाईजो लगायतले हिंसाका घटना हुने गरेकोले सचेतना कार्यक्रमलाई व्यापकता दिनु पर्नेमा जोड  दिएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button