प्रहार समाचार । काठमाडौँ, मंसिर २७ बुधबार । म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको छ । मंगलबार बायर्न म्युनिसँग पराजित भएसँगै पराजित म्यानचेस्टर युनाइटेड लिगबाट बाहिरिएको हो ।
म्यानचेस्टर युनाइटेड आफ्नै मैदानमा युनाइटेड १–० ले पराजित भएको थियो । किङ्ग्सी कोमनले ७०औं मिनेटमा गरेको गोल नै बार्यनका लागि निर्णायक बन्यो ।
समूहको अर्को खेलमा एफसी कोपनहेगनले गालातासारेलाई १–० ले हरायो ।
























