हेडलाईनसमाचारबागमती

तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा उद्दाउड्दै गायब

प्रहार समाचार । काठमाडौं, मंसिर २४ आईतबार । काठमाडौँबाट लुक्ला उडेको तारा एयरको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा बाटोमै खसेको पाइएको छ।

तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौँबाट लुक्ला जाँदै गर्दा जहाजको आपतकालीन ढोकाको सिसा बाटोमै खसेको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

जहाज भने सुरक्षित अवतरण गरिएको उनले जानकारी दिए। जहाजमा दुई जना प्यासेन्जर पनि रहेको र उनीहरु सकुशल रहेको उनले बताए।झाले नागरिक न्यूजसंग भने, ‘काठमाडौँबाट लुक्ला उडेको तारा एयरको कार्गो जहाजको आपतकालीन ढोकाको सिसा खसेको पाइएको हो। जहाज अवतरण गरी पार्किङ गरेपछि पाइलटले चेक गर्ने क्रममा आपतकालीन ढोकाको सिसा खसेको देखिएको हो। सामान बोकेर गएको जहाजहरूको कहिलेकाहीँ त्यस्तो हुन्छ।’  जहाजले काठमाडौँबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button