हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अमेरिकाको   एटलान्टामा गोलीकाण्ड :  तीन युवाको मृत्यु

प्रहार समाचार । काठमाडौँ, मंसिर २५ आइतबार । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीन जना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्याइएको छ ।

घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहार बारे अनुसन्धान जारी छ ।

गैरनाफामुखी अनुसन्धान समूह ‘गन भाइलेन्स आर्काइभ’ ले जनाएअनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा ६३४ जना सामूहिक गोली आक्रमणको शिकार बनेका छन् । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button