हेडलाईनसमाचारबागमती

प्रधानमन्त्री ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार गजुरेल दिए राजीनामा

प्रहार समाचार । काठमाडौं, मंसिर २४ आईतबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् ।

गजुरेलले मंसिर २० गते  बुधवार नै राजीनामा दिएका थिए । यद्यपि उनको राजीनामा भने स्वीकृत भइनसकेको स्रोतले  जानकारी दियो ।
प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले गजुरेलको राजीनामा आएको पुष्टि गर्दै यद्यपि स्वीकृत भए/नभएको बारे जानकारी नरहेको उनको भनाइ छ ।

सिन्धुलीबाट प्रतिनिधित्व गर्ने गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत हुन् ।
गजुरेलले मन्त्रीसरहको सेवा सुविधा पाउँदै आएका थिए । उनको राजनीनामा लाई राजनैतिक वृतमा अर्थपूण रूपमा लिइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button