हेडलाईनसमाचारकर्णालीस्वास्थ्य

जुम्लाको न्यूनतम तापक्रम माइनसमा झर्‍यो : जनजिवन कष्टकर

प्रहार समाचार । जुम्ला, मंसिर २३ शनिबार ।
जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।

शनिबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ। तापक्रम माइनसमा झरेसँगै बिहान–बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका–४ निवासी सरिता न्यौपानेले बताइन्।

एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ।

चिसो बढेसँगै रुघाखोकीका बिरामीको चाप बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक पुजन रोकायले बताए।  



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button