हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाको चौमासिक आयव्यय विवरण सार्वजनीक

प्रहार समाचार तनहुँ, मंसिर २३ शनिबार ।
व्यास नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को साउनदेखि कार्तिक मसान्तसम्मको प्रथम चौमसिक आयव्यय विवरण सार्वजनिक गरेको छ ।

जस अनुसार प्रथम चौमासिकमा ४९ करोड ७२ लाख ५६ हजार तीन सय १२ आय भएको  र २६ करोड ६८ लाख पाँच हजार सात सय अठहत्तर खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । 

त्यसैगरी पूँजितर्फ ७५ करोड पाँच लाख ३७ हजार विनियोजन भएकोमा ७ करोड पाँच लाख पाँच हजार चार सय त्रिसठ्ठी खर्च भएको छ । 
नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को आय १ अरब ६८ करोड ९१ लाख २२ हजार बजेट रहेको छ । जसमध्ये कूल ३३ करोड ७३ लाख ११ हजार २ सय ४१ खर्च भएको नगरपालिकाले जनाएको छ । 

व्यास नगरपालिकाको ४० औं नगरसभा आगामी पुस २५ गते बुधबार गर्ने निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । 
व्यास नगरपालिका भित्र आर्थिक ऐन, २०८० अनुसार लाग्ने व्यवसाय दर्ता, व्यवसाय कर, सरसफाई शुल्क, सम्पति कर, भूमी कर संकलन गर्न पहिलो चरणमा एक महिना संचालन गर्ने भएको छ । 

मंङिस २२ गतेदेखि पौष २२ गतेसम्म सम्बन्धित वडा समितिको समन्वयमा आवश्यक जनशक्ति खटाई अभियान सञ्चालन गर्न कार्यालयलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button