साहित्य

मुक्तक

Pipala Dhungana पिपला ढुङ्गाना

1.आफ्नै सँग समान हुन मिल्नुपर्छ औकात पनि
निर्धोले त पर्छ निल्नु लुकाइ लुकाइ चाहत पनि
कसैको त जिन्दगीमा बाह्रै मास भेल बाढी
बलेसीमा झरिरहन्छ आँशु आफैँ वर्षात् बनि ।।

2.जिन्दगी पनि बिचित्रको मझधारमा छ
लाग्छ सबै झैँ किनमेलको बजारमा छ
सयमा पाइनेँ त तेरो मेरो श्रम हो बिर्खे
छाक टार्ने नुन तेलको भाउ हजारमा छ।।

3.यता किसान मानो रोपी मुरी कुर्दै बसेका छन्
ठ्याक्कै साइत मिलाएर सलह गाउँ पसेका छन्
आउन पनि कति सम्म आउँन सक्या महामारी
जे जे आए ति सबैले निमुखालाई डसेका छन्।।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button