प्रहार समाचार । भारत, मंसिर १८ सोमबार ।भारतीय वायुसेनाको एउटा विमान तेलंगानाको मेदक जिल्लामा दुर्घटना भएको छ ।
प्रहरीका अनुसार हवाई प्रशिक्षणका लागि प्रयोग गरिएको विमानमा दुई जना चढेका थिए । विमान सोमबार बिहान स्थानीय समयअनुसार ८:५५ मा दुर्घटना भएको हो ।
तेलांगानाको मेदक जिल्लाको तुपरनमा भएको दुर्घटनाग्रस्त विमानमा दुईजना चढेको बताइए पनि उनीहरुको परिचय खुल्न नसकेको भारतीय समाचार एजेन्सी एएनआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीका अनुसार विमानमा एकजना प्रशिक्षक र अर्का प्रशिक्षार्थी चढेका थिए । दुर्घटनामा घाइते दुवै जनाको अवस्था सिकिस्त छ ।
एक वरिष्ठ प्रहरी अधिकारीले समाचार एजेन्सी पीटीआईलाई भनेका छन्- विमान दिन्डिगुलमा रहेको एयरफोर्स एकेडेमीबाट उडान भरेको थियो ।
























