हेडलाईनसमाचारबागमती

विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित तीन नेताविरुद्ध पक्राउ पुर्जी

प्रहार समाचार । काठमाडौँ, मंसिर,  १८ सोमबार । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का महासचिव नेत्रविक्रम चन्द विप्लव सहित अन्य तीन जना नेता लाई पक्राउ पुर्जी जारी गरिएको छ ।

अदालतले विप्लव सहित  खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र माइला लामालगायतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।
जिल्ला अदालत, काठमाडौंले सोमवार गोरखापत्रमा सूचना प्रकाशित गर्दै यसको जानकारी दिएको हो । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button