हेडलाईनसमाचारकर्णालीसुदुर पश्चिमगण्डकी

चिसो बढेसंगै तनहुँको जनजिवन प्रभावित : पहाडी भूभागहरूमा भारी हिमपात

प्रहार समाचार । तनहुँ, मंसिर १८ सोमबार ।
नेपालमा भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव परेपछि तनहुँको सदरमुकाम दमौलीमा चिसो ह्वात्तै बढेको छ। चिसो हावा चल्नुका साथै घाम नलाग्दा जनजिवन प्रभावित भएको हो। सोमबार विहान दमौलीको तापक्रम १५ डिग्री मापन भएको थियो।

चिसो बढे संङ्गै बृद्ध- बृद्धा, सुत्केरी, केटाकेटी तथा रोगीहरुलाई समस्या परेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। सुदूरपश्चिमप्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात भइरहेको सोमबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

आज पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सोमबार दिउँसो बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कावर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।

राती उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको ब छ । अहिले यि जिल्लाहरूमा भारि हिमपात भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button