हेडलाईनव्याससमाचारगण्डकी

भूकम्प पिडितलाई तनहुँ उद्योग वाणिज्य संघको राहत सामाग्री हस्तान्तरण

प्रहार समाचार । तनहुँ । मंसिर १८ सोमबार । रुकुम पश्चिम तथा जाजरकोटमा गएको भुकुम्प बाट पिडितहरूलाई सहयोग गर्ने उद्देश्यले तनहुँ उद्योग बाणिज्य संघले राहत सामाग्रीहरू संकलनगरी हस्तान्तरण गरेको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाललाई तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले संकलित राहत सामाग्रीहरुको सूचि सहितको पत्र तथा सामाग्रीहरू  हस्तान्तरण गरे ।
त्यस अवसरमा बोल्दै प्रजिअ रिजालले संकलित सामाग्रीहरू छिटो भन्दा छिटो संबन्धित क्षेत्रमा पठाइने बताए।

तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा आयोजीत एक कार्यक्रमका बिच उक्त राहत सामाग्री आज सोमबार हस्तान्तरण गरिएको हो। नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तउवा संघका पूर्व अध्यक्षहरु मानकाजी श्रेष्ठ, मंगलकुमार श्रेष्ठ , प्रथम उपाध्यक्ष इमकुमार मल्ल, महासचिव सुबोध अधिकारी , प्रहरी उपरीक्षक अवदेश विष्ठ, महिला उद्यमी संघ नेपाल तनहुँका अध्यक्ष सकुन्तला आले, पूर्व अध्यक्ष निर्मला मल्ल लगायतले पिडामा छटपटाइरहेका भूकम्प पिडितहरुलाई सानै भएपनि मानविय सहयोग गर्ने पाउँदा खुशी लागेको बताए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले चिसो बढ्दै गएकाले हस्तान्तरण गरिएका न्यानो कपडा, त्रिपाल लगायतका सामाग्रीहरू छिटो भन्दा छिटो पुर्‍याइदिनुहुन प्रजिअ छविलाल रिजाललाई
आग्रह गरे।

सहयोग सामाग्रीहरू खरिदकालागि व्यास-३ का महेश वतासले १० हजार, दुर्गा विकले ३५ सय, देवकुमार श्रेष्ठले २५ सय १५, नेत्रबहादुर अधिकारीले २५ सय ५, दिलबहादुर दरैले ५ थान त्रिपाल, निरज फेसन गर्मेन्ट बाट बच्चाको ४० जोर न्यानो कपडा लगायत ९ प्रकारका सामाग्रीहरू रहेका छन्।


स्मरणीय छ गत कात्तिक १७ गते रातको समयमा रुकुम पश्चिम तथा जाजरकोट केन्द्र बिन्दु भएर ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button