हेडलाईनकर्णालीसुदुर पश्चिमगण्डकी

चार प्रदेशमा हिमपातसहित हल्का वर्षा

प्रहार समाचार । काठमाडौँ, मंसिर १८ सोमबार । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हिमपातसमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार हाल देशमा भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव छ । आज दिउँसो सामान्यदेखि आंशिक बदली भई लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ। भोलि (मंगलबार) गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। राति कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button