प्रहार समाचार । काठमाडौँ, मंसिर १८ सोमबार ।
ललितपुरको ललितपुर महानगपालिका-२५ भैंसेपाटीमा एक महिलाको मृत्यु भएको छ । ओकाथली डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षिया एलिना राई शौचालयमा संकास्पद अवस्थामा आइतबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ बोडेमा एक जना मृतावस्थामा फेला परेका छन् । प्रयोगमा नरहेको सार्बजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका-२ घर भएका ४१ वर्षीय निमा लामा आइतबार मृत अवस्थामा फेला परेका हुन् । उनी बोडे क्षेत्रमा मजदुरी काम गर्दै उक्त पेटीमा बस्दै आएको प्रहरीले जनाएको छ ।
यसैगरी दाङको घोराही उपमहानगरपालिका-१७ स्थित सिस्ने खोलामा सोही उपमहानगरपालिका-१७ घनिबगिया बस्ने ६० वर्षीय हिरालाल चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् । साथै उता कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-१ नवज्योती टोल बस्ने ४७ वर्षीया रुपाको पनि संकास्पद अवस्थामा आइतबार मृत भएको छ। उनि घरमानै मृत अवस्थामा फेला परेकी हुन् ।
यसैगरी झापाको गौरादह नगरपालिका-४ डोरामारी बस्ने ७५ वर्षीय जय प्रसाद संग्रौला गौरादह नगरपालिका-४ र गौरदह नगरपालिका-६ को सिमानामा पर्ने दामुना खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
























