प्रहार समाचार । काठमाडौं, मंसिर १९ मंगलबार । नेपालको नीति विपरीत रुसीसेनामा भर्ती हुने क्रम नरोकिंदा भत भएकाहरुको लडाइँमा मृत्यू हुने क्रम दिन प्रतिदिन बढ्दै जान थालेको छ । यसैको रोकथामका लागि सरकारले नेपालीलाई सेनामा भर्ती नगर्न तथा तत्काल नेपालीलाई स्वदेश फिर्ता गर्न रुसलाई कूटनीतिक नोट पठाएको छ ।

रुसी सेनाले युक्रेनसँगको युद्धमा मारिएका नेपालीको औपचारिक जानकारी दिएपछि परराष्ट्र मन्त्रालयले रुससमक्ष नेपाली युवालाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेका युवालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको हो । ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुसी सरकारलाई अनुरोध गरिएको छ,’ परराष्ट्रद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्रले मृतकका शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसलाई अनुरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले रुसी सेनामा भर्ती भएका नेपालीको विवरण रुस सरकारसँग लिन प्रधानमन्त्रीबाट परराष्ट्रलाई निर्देशन दिइएको बताए ।

रुसले गत चैतदेखि नेपालीलाई आफ्नो सेनामा भर्ती गर्न सुरु गरेको हो । रुसी र नेपाली मानव तस्करहरूबीच सम्बन्ध स्थापित भएपछि गत जेठबाट भर्ती प्रक्रियाले तीव्रता लिएको बुझिएको छ ।
अध्यागमन विभागका अनुसार २०२२ जनवरीदेखि २०२३ नोभेम्बरसम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २९ सय नेपाली रुस पुगेका थिए । त्यसबाहेक यूएईबाट पनि नेपालीहरू रुस गएका छन् । कात्तिक २७ मा मारिएका इलामका गंगाराज मोक्तान पनि यूएईबाटै गएका थिए । उनी चार वर्षदेखि यूएईमा सुरक्षा गार्ड थिए । रुसी सेनामा काम गरेको एक वर्षमा नागरिकता पाइने र महिनाको तीन लाख रुपैयाँसम्म तलब पाउने लोभमा नेपाली युवा मानव तस्करको जालोमा फसेका हुन् ।

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भई मारिएका ६ जना नेपालीको विवरण पनि सोमबार सार्वजनिक गरेको छ । गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका र इलाम–५, इलामका गंगाराज मोक्तानको मृत्युको पुष्टि यसअघि नै गरिसकेको परराष्ट्र मन्त्रालयले सोमबार जारी विज्ञप्तिमार्फत वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राईको पनि मृत्यु सूचीमा नाम उल्लेख गरेको छ । य
























