हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

महिला टि-२० आई सिरिजमा आज नेपाल हङकङसँग भिड्दै

प्रहार समाचार । काठमाडौँ, कात्तिक ३० बिहिबार । महिला टि-२० आई सिरिजमा आज नेपाली खेलाडीहरुले हङकङसँग प्रतिस्पर्धा गर्दै छन् । महिला टि-२० आई सिरिजमा दोस्रो खेल आज बिहान ११ : ४५ मा सुरु हुँदैछ । हङकङले आयोजना गरेको सिरिजमा चार देश सम्मिलित छन्।  घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया भिड्दै छन् ।

बुधबार भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु टोली हङकङलाई हराएर अगाडि बढ्ने लक्ष्य राखेको छ। 

आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१ औँ, हङकङ २२औँ, ५१ औँ स्थानमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार जापानसँग खेल्ने तालिका छ। शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button