हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचारखेलकुद

१२ वर्षपछि भारत आइसीसी विश्वकपमा प्रवेश

प्रहार समाचार । भारत, कार्तिक ३० बिहिबार ।
१२वर्षपछि आइसीसी विश्वकपमा भारत फाइनलमा प्रवेश गरेको छ । न्युजील्यान्डलाई ७० रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ। मुम्बईको वाङ्खेडे क्रिकेट रंगशालामा भारत दिएको ३९८ रनको विशाल लक्ष्य पाएको न्युजिल्यान्डल ७ बल अगावै अलआउट भयो। मोहम्म सामीले ७ विकेट लिँदै न्युजील्यान्डको खेललाई धरासयी बनाएका थिए। जसका कारण न्युजील्यान्ड ३२७ रनमात्र बनाउन सक्यो।

न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक १३४ रन बनाए। कप्तान केन विलियम्सनले ६९ रन र ग्लेन फिलिप्सले ४१ रन बनाएर पेभेलियन फर्किँदा अन्य खेलाडीले सम्मानजनक रन बनाउन सकेनन्। भारतका लागि मोहम्म सामीले सर्वाधिक ६ विकेट लिए। 

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ४ विकेटको क्षतिमा ३९७ बनाएको थियो। भारतका लागप विराटले ११७ रनको योगदान दिँदा श्रेयश लयरले १०५ रन बनाए। त्यस्तै रोहित शर्माले ४७ र सूर्यकुमार यादवले १ रन बनाएर पेभेलियन फर्किए। यसअघि २०११ मा फाइनल हुँदै भारतले उपाधि कब्जा गरेको थियो। त्यसअघि भारतले १९८३ मा पनि उपाधि जितेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button